ताजा खबर राजनीति

बजेटबारे कांग्रेसको निष्कर्ष : वितरणमुखी भयो

बजेटबारे कांग्रेसको निष्कर्ष : वितरणमुखी भयो

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सरकारले ल्याएको बजेट वितरणमुखीमात्रै भएको आरोप लगाएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा विहिबार बसेको कांग्रेस संसदीय दल बैठकले बजेटले सबै क्षेत्रलाई हतोत्साही बनाउने निष्कर्ष निकाल्दै उत्पादनमा जोड नदिएको बजेटले मुलुकलाई समृद्ध बनाउन नसक्ने ठहर गरेको हो ।

बजेटले संघीयतालाई आत्मसाथ गर्न नसकेको निष्कर्ष पनि बैठकले निकालेको छ । बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने भन्दै वितरणमुखी मात्रै भएको बताउनुभयो । बजेट जनमैत्री आउन नसकेको, विकास निर्माणको कामलाई प्राथमिकतामा नराखिएको, कार्यान्वयन हुने ‘ग्यारेन्टी’ नदेखिएको आरोप कांग्रेसको छ ।

बैठकले बजेटलाई स्रोतविहीन भएको टिप्प्णी गर्दे यसबारे संसदमा तार्किक बहस गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।  काग्रेस नेता मिनेन्द्र रिजालले बजेटमार्फत सरकारले लिएको लक्ष्य सरकारले हासिल गर्नै नसक्ने बताउनुभयो ।

बैठकमा काग्रेसका पूर्व अर्थमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु तथा अर्थविद्हरुलाई समेत बोलाइएको थियो ।

विशेष