भिडियो Breaking News

तीन महिला मास्क लगाएर आउँछन्, साहुजीलाई अल्मल्याएर यसरी चोर्छन्, हेर्नुहोस् भिडियो

काठमाडौं : दिउँसैको दुई बजेको समयमा काठमाडौंको व्यस्त ठाउँमा रहेको एक पसलबाट तीन महिलाले नगद चोरी गरेका छन् । ती तीन महिलाले काठमाडौंको धुमबाराहीस्थित पिपलबोटस्थित अकिरा बुटिकबाट नगद ७० हजरा पाँच सय रुपैयाँ चोरी गरेका हुन् । 

बुटिकमा आएका अधवैसे महिलाहरुको समूहले नगद चोरी गरेको बुटिककी सञ्चालिका एलिजा गौतमले जानकारी दिइन्। उनले भनिन्, 'बुटिकमा ३ जना अधवैशे महिलाको समूह आएर एक जनाले कपडा देखाउने बहाना गरी अन्य दुई जनाले चोरी गरेको हुन्। चोरी गरेको सिसि क्यामराको फुटेजमा प्रष्ट देखिएको छ।'

सिसि क्यामराको फुटेजमा तीन महिलामध्य एकजनाले पसलबाट काउन्टरको काउन्टरबाट केही चिज निकालेको देखिन्छ। उक्त समय अर्की एक महिलाले कपडाले उनले गरिरहेको कार्यलाई छेकिरहेको पनि देख्निन्छ।

ती महिलाहरू मास्क लगाएर आएका देखिन्छ । कपडा हेर्ने बहानामा पसल सञ्चालिकालाई अलमलमा पारेर काउन्टरमा रहेको नगद चोरी गरेको बुटिक सञ्चालका गौतमको भनाइ छ। उनले आफ्नो सामाजिक सञ्जाल सिसिटिभी फुटेज सार्वजनिक गर्दै उक्त भिडियो हेरेर ती महिलालाई चिन्ने व्यक्तिले आफूलाई खबर गर्न पनि आग्रह गरेकी छन्।

हर्नुहोस् भिडियो :

 

 

चोरी

विशेष