राजनीति

क्रिस्चियन धर्म प्रचारकबाट प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

क्रिस्चियन धर्म प्रचारकबाट प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि लिएको खुलेको छ। शिक्षाका नाममा धर्मप्रचार गर्दै बएको दक्षिण कोरियाको  काङ्नाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि 'विशेष आवश्यकता शिक्षा' (स्पेसल निड्स एजुकेसन/ इसइनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो । काङनाम एसएनइ विषय पठनपाठनका निम्ति सहकार्य गर्ने गरी डेढ दशकअघि त्रिविसित समझदारी (एमओयू) गरेको थियो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली

विशेष