संसारकै सबैभन्दा सानी बालिका, जो एउटा स्याउको दानाजत्रै थिइन्
अमेरिकाको एक अस्पतालमा २४५ ग्राम तौल भएकी बच्ची जन्मिएको छन्। उनी नै संसारकै सबैभन्दा सानी बालिका भएको बताइको छ।
ती बालिकाको नाम सेबी राखिएको छ। जन्मदाको समयमा ती बालिकाको आकार एउटा ठूलो स्याउजत्रै थियो। ती बालिका सन् २०१८ को डिसेम्बर महिनामा २३ हप्ता र तीन दिनमा जन्मिएकी हुन्।
सेबीको बाँच्ने सम्भावना न्यून थियो। त्यसै कारण उनलाई क्यालिफोनियाको सैन डिएगोस्थित शार्प म्यारी बर्च अस्पतालमा नियोनेटल इन्टेसिव केयर युनिटमा राखियो।
जन्मनेबित्तकै सेबीका आमाबुबालाई डाक्टरहरूले उनी केही घण्टामात्रै जिउँदै रहन सक्ने बताएका थिए। यद्यपि पाँच महिनाको कडा निगरानीपछि सबीले सबैलाई गलत प्रमाणित गरिदिइन्।
अहिले उनी स्वस्थ छन् र उनको वजन २.५ किलोग्राम पुगेको छ। उनीलाई चिकित्कसहरूले डिस्चार्जसमेत गरिदिएका छन्।
जीवनसँग लडिरहेकी नवजात शिशु सेबीको यही महिना डिस्चार्ज भएको उनको हेरचाहमा खटिएकी नर्सले बताइन्। ती नर्सले सेबीलाई अस्पतालबाट डिस्चार्ज मिल्न जादूजस्तै लागेको बताउँछिन्।
द टिनिएस्ट बेबी रजिस्ट्रिका अनुसार समयभन्दा पहिल्यै जन्म लिने सेबी संसारकै सबैभन्दा सानी नवजात शिशु हुन्। आयवा युनिभर्सिटीबाट संचालित रजिस्ट्रिका अुनसार यसअघि सन् २०१५ मा यो रेकर्ड जर्मनकी एक नवजात शिशुका नाममा थियो। उनको वजन २५२ ग्राम थियो।
यस वर्षको सुरुमा जापानमा जन्मिएको एउटा बालकको तौल २६८ ग्राम थियो। उक्त बच्चा समयभन्दा पहिला जन्मिने संसारकै सबैभन्दा सानो बालक भएको बताइएको छ।
प्री-एक्लेमप्सिया थाहा भएपछि सेबीकी आमाले डिलिभरी डेटभन्दा तीन महिना पहिला नै सेबीलाई जन्म दिएकी थिइन्।
प्रि एक्लेमप्सिया गर्भावस्थाको यस्तो स्थिति हो जसमा लगभग २० हप्ता पुगेपछि रक्त प्रवाह कम हुन्छ। जसका कारण बच्चालाई अक्सिजन र पोषण तत्त्व पुग्दैन। यस्तो अवस्थामा आमा र बच्चा दुवैको ज्यान जाने खतरा हुन्छ।
अस्पतालले जारी गरेको एउटा भिडियोमा सेबीकी आमाले सेबीको जन्मको समयलाई आफ्नो जीवनकालकै सबैभन्दा डरलाग्दो क्षण बताएकी छन्।
आफ्नो नाम नबताउने सर्तमा सेबीकी आमाले भनिन्, 'मैले ऊ बाँच्दिन भनेकी थिएँ। म अहिले जम्मा २३ हप्ताको गर्भवती छु।'
अस्पतालका अनुसार उनको बच्चा समयभन्दा धेरै पहिला जन्मिएको हो। यसलाई डाक्टरहरूले माइक्रो प्रिमी नाम दिएका छन्। डाक्टरहरूका अनुसार २८ हप्ताभन्दा पहिला जन्मिएकालाई यसो भनिन्छ। सामान्यतः बच्चा ४२ हप्तामा जन्मिन्छ।
कुनै पनि बिमारी नदेखिनु नै सेबी बाँच्नुको कारण रहेको चिकित्सकहरू बताउँछन्। उनी जन्मिदा एउटा हत्केला भित्र अटाउँने आकारकी थिइन्। बिबिसी हिन्दीबाट