राजनीति

संघीयताको मर्म अनुरुप बजेट ल्याउन प्रदेश सरकारलाई राजपाको सुझाव

संघीयताको मर्म अनुरुप बजेट ल्याउन प्रदेश सरकारलाई राजपाको सुझाव

काठमाडौं। राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश नम्बर २ को सरकारलाई दिर्घकालन तथा संघीयताको मर्म र भावना अनुरुप बजेट ल्याउन सुझाव दिने निर्णय गरेको छ ।

 

संयोजक अनिलकुमार झाको अध्यक्षतामा जेठ १४ देखि १५ सम्म पार्टी केन्द्रिय कार्यालय बबरमहलमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले प्रदेश सरकारलाई उक्त सुझाव दिने निर्णय गरेको हो । यसका साथै राजपाले विधानमा आवश्यक परिमार्जन गर्नका लागि मस्यौदा समितिलाई निर्देशन दिएको हो । जेठ २१ गते बस्ने अध्यक्ष मण्डलको बैठकमा पेश हुनेगरी समितिले परिमार्जन गर्नुपर्ने हुन्छ ।

 

जेठ मसान्तको अन्तिमसम्म राजपाले सदस्यता वितरण अभियानलाई जारी राख्नेछ ।  स्थानीय तहमा लगाईएको लेबी पार्टीको कोषमा जम्मा गर्न पार्टी नेतृत्वले निर्देशन दिएको हो ।

विशेष