प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुराको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गर्ने छन् । भियतनामका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणमा सो भ्रमण गर्न गर्न लागेका हुन् ।
भियतनामाले लामो युद्धपछि तीव्र विकास र प्रगति गर्नुका साथै लगानीका लागि विश्वको ‘वेस्ट प्लेस’ भएको चर्चा गर्दै भ्रमणका क्रममा भियतनामले हासिल गरेको उपलब्धिको जानकारी लिने उद्देश्यले प्रधानमन्त्रीले सो भ्रमण हुन लागेको मन्त्री ज्ञवालीले जानकारी दिए । भ्रमणका क्रममा प्रधानमन्त्रीले एक कार्यक्रमबीच त्यहाँको थिङ्क ट्याङ्कलाई सम्बोधन गर्ने कार्यक्रम रहको र केही विषयमा सम्झौता हुने बताए । तर के विषयमा सझौता हुने भन्ने विषय भने बाहिर ल्याइएको छैन ।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुन लागेका बेला भियतनाममा बौद्धमार्गी धेरै भएकाले उनीहरूलाई आकर्षित गरी पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ । साथै भियतनाम सरकारले बुद्ध जयन्तीको अवसर पारेर अयोजना गरेको अन्तर्राष्ट्रिय भैशाख समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनु हुने जनाइएको छ । कम्बोडिया भ्रमणका क्रममा कोम्बोडियाले हासिल गरेका विकासका अनुभवहरूको साटासाट गर्नुका साथै सम्बन्ध थप सुधार गर्ने प्रयास हुने बताए ।
भियतनाम र कम्बोडिया भ्रमण