यस्तो छ नयाँ शक्ति र फोरमबीच पार्टी एकता गर्ने सहमति
काठमाडौं। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकता हुने भएको छ ।
शनिवार दुई पार्टी एकता गर्ने सहमति गरेसँगै लामो समयदेखि जारी एकता वार्ता निष्कर्षमा पुगेको हो । सहमतिअनुसार एकीकृत पार्टीको नाम समाजवादी पार्टी, नेपाल रहनेछ । वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच एकता घोषणा गरिने जनाइएको छ । पार्टी नेतृत्व प्रणाली भने एकता घोषणा कार्यक्रममै जानकारी गराइने नेताहरुले बताएका छन् ।