राजनीति

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भए सजाय भोग्न तयार रहेको नेकपा महासचिव पौडेलको भनाई

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भए सजाय भोग्न तयार रहेको नेकपा महासचिव पौडेलको भनाई

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी ठहर भए जुनसुकै सँजाय भोग्न तयार रहेको बताएका छन्।

 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि धारणा राख्दै महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरण बारे गम्भीर छानविन गर्न सरकारलाई आग्रह गर्दै त्यसक्रममा आफु दोषी ठहर भए सँजाय भोग्न तयार रहेको बताएका हुन् । उनले भने “ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानविन होस्, सत्यतथ्य सार्वजनिक होस्, दोषीलाई कडा कानुनी कारबाही होस् भन्ने माग गर्छु । म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु । ”

 

ललिता निवास परिसरको जग्गा प्रकरणमा आफु लगायत पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा  माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई लगायत विभिन्न व्यक्तिहरुको नाम जोडिएका समाचारहरु प्रकाशित भईरहेको सन्दर्भ उल्लेख गर्दै सांसद पौडेलले गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वका जग्गा फर्काउन सरकारले चालेको कदमको आफुले स्वागत गर्ने बताए ।  

विशेष