राजनीति

सरकारको नीति तथा कार्यक्रममाथि विश्वास छैन: महामन्त्री कोइराला

सरकारको नीति तथा कार्यक्रममाथि विश्वास छैन: महामन्त्री कोइराला

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाएका छन् ।

 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका सांसद कोइरालाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने शब्दावलीले पूरानै अधिनायकवादी शासकहरुको मनोवृत्तिलाई झल्को दिएको दावी गर्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन । नत राष्ट्रपतिज्यूले भन्नु भएजस्तै उहाँको सरकार हो । यो त सबैखालको तानाशाही , निरंकुशता र अधिनायकवाद अन्त्य गरी स्थापना गरिएको सरकार हो ।’

 

कोइरालाले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक, बस्तुनिष्ट र तर्कसम्मत नभएको दावी गर्दै नीति तथा कार्यक्रममा सरकारको कामको मात्रै प्रशंशा गरिएको आरोप लगाए । महामन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएका योजना तथा नीतिहरुमा विश्वसनीयता नदेखिएको तर्क गरे ।

विशेष