राजनीति

समाजवादी पार्टी गठन, भट्टराई संघीय परिषद अध्यक्ष, यादव केन्द्रीय समिति अध्यक्ष

समाजवादी पार्टी गठन, भट्टराई संघीय परिषद अध्यक्ष, यादव केन्द्रीय समिति अध्यक्ष

काठमाडौं। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई समाजवादी पार्टी, नेपाल गठन भएको छ ।

 

सोमबार प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा समारोह आयोजना गरी एकीकृत पार्टी निर्माण गरिएको हो । नवगठित समाजवादी पार्टीमा २५ जना पदाधिकारी रहेका छन् । समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने भएका छन् । वरिष्ठ नेता अशोककुमार राई, सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहँदा उपाध्यक्षहरू  नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, मोहम्मद लालबाबु राउत र हेमराज राई छन् ।

 

गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादवलाई  बनाइदाँ उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंहलाई घोषणा गरिएको हो । कोषाध्यक्ष भने विजयकुमार यादव भएका छन् ।

विशेष