Technology व्यापार

जान्नुहोस्, हेल्मेट छनोट गर्दा कस्ता कुरामा ध्यान दिने?

जान्नुहोस्, हेल्मेट छनोट गर्दा कस्ता कुरामा ध्यान दिने?

काठमाडौं । आजकलका युवा तीव्र गतिमा मोटरसाइकल राइड गर्न मन पराउँछन् । तीव्र गतिमै भए पनि सुरक्षित तरिकाले बाइक राइडिङ गर्न भरपर्दो हेल्मेटको जरुरी हुन्छ । दुर्घटना भइहाल्यो भने पनि ज्यान जोगिने सम्भावना धेरै हुन्छ । त्यसैले, सुरक्षित हेल्मेट छनोट गर्न आवश्यक छ । छनोट गर्दा निम्न कुरामा ध्यान दिऔँः

 

–हेल्मेट पूरा अनुहार छोप्ने हुनुपर्छ । ताकि, यसले टाउकोको पूर्ण सुरक्षा गरोस् । 
–हेल्मेट मजबुत हुन आवश्यक छ । यसका लागि आइएसआई मार्कद्वारा प्रमाणित खरिद गर्न आवश्यक छ । किन्नुअघि वारेन्टी–ग्यारेन्टी आदिबारे जानकारी लिनुपर्छ ।


–जहाँ पनि पाइने धेरै सस्ता हेल्मेट नकिनौँ । सस्ता हेल्मेट कच्चा हुने सम्भावना बढी हुन्छ । तसर्थ, आफ्नो जीवनरक्षासँग जोडिएको चिज किन्दा पैसामा कम्प्रमाइज नगरौँ ।


–सिसा कालो भएको हेल्मेट प्रयोग नगरौँ । पारदर्शी हेल्मेट खरिद गरौँ । ताकि, टाढाको वस्तु पनि स्पष्ट देखियोस् ।
–हेल्मेटको साइज आफूसँग ठिक्क मिल्ने होस् । ठूलो पनि नहोस् र सानो पनि । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।  

मोटरसाइकल हेल्मेट

विशेष