राजनीति

मन्त्री बाँस्कोटा भन्छन्, ‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’

मन्त्री बाँस्कोटा भन्छन्, ‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताए । साथै, उनले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताउनुभयो । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उनले आग्रह गरे । उनले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको बताए । 

 

उनले लोकतन्त्रमा सरकारभन्दा बलियो सामाजिक सम्बन्ध हुने भएकाले समाजको सम्बन्धलाई मजबुत राख्न सामाजिक सद्भाव र सामाजिक खुशीको पक्षमा सरकार रहेको धारणा राखे । उनले समृद्ध नेपाल निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुहुँदैपहिलो वर्ष आधार वर्ष र दोश्रो वर्ष कार्यान्वयन वर्षका रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताए । सरकारले गफ गरेको भन्नेहरूप्रतिलक्षित गदै मन्त्री बाँस्कोटाले बोलेपछि मात्र काम हुने स्पष्ट पारे । उनले ‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’ भने । 

 

कार्यक्रममा सामाजिक संघसंस्थालाई सरकारले नियन्त्रण गर्न खोजेको गुनासो आएपछि मन्त्री बाँस्कोटाले सामाजिक संस्थाको सरकारले नियन्त्रण नभई नियमन मात्र गर्न खोजेको स्पष्ट पारे । उनले सामजिक संघसंस्थामा पनि पारदर्शिता आवश्यक रहेको बताए ।  

गोकुलप्रसाद बाँस्कोटा केपी शर्मा ओली बीपी

विशेष