राजनीति

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् ।  

 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधान असंशोधनीय दस्तावेज नभएकाले औचित्य र आवश्यकताका आधारमा देशको हितलाई केन्द्रमा राखेर संशोधन गरिने स्पष्ट पारे । प्रधानमन्त्रीले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई चलायमान बनाउन जहिले पनि संविधान संशोधन हुन सक्छ  । ”

 

संविधान संशोधन जुनसुकै मौसममा पनि गाउने गीत जस्तो  भएको टिप्पणी गर्दै उनले के, कुन विषयमा संशोधनको आवश्यकता पर्यो छलफल गरौँ, संविधान संशोधन कुनै लहडको विषय होइन भने । राम्रा उद्देश्यका साथ सबै पक्षसँग छलफल गरेर संशोधन गर्न सकिनेमा उनको जोड थियो ।

विशेष