देश राजनीति

प्रचण्ड भन्छन्, ‘सरकारले काम नगरे खतराको घण्टी बज्छ’

प्रचण्ड भन्छन्, ‘सरकारले काम नगरे खतराको घण्टी बज्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारले काम नगरे खतराको घण्टी बज्ने बताएका छन् ।  सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै मंगलबार प्रचण्डले हिजो जस्तै त्याग र बलिदानका साथ काम नगरे जनताले आफ्नो फैसला गर्ने बताएका हुन् । ‘जनतामा अहिले पनि सरकारसँग आशा छ। उनीहरु बढो भरोसाका साथ हामीतिर हेरिरहेका छन्’ उनले भने, ‘अब हामीले हिजोको जस्तै त्याग र बलिदानका साथ काम नगर्ने हो भने खतराको घण्टी बज्छ।’ 

 

अब नेपाली जनता र सबै राजनीतिक पार्टीले सपना देख्नुपर्ने बेला आएको समेत उनले बताए। विकासको कुरा स्वैरकल्पना जस्तो मात्र लाग्ने गरेको छ, नेपालमा अन्तर्राष्ट्रिय हवाइमार्ग र ठूलाठूला परियोजना बन्ने कुरा जनतालाई आश्वासन दिएको जस्तो मात्र लाग्छ प्रचण्डले भने, ‘तर, त्यसो होइन अब सबै नेपाली जनता र सबै राजनीतिक पार्टीले यस्तो खाले सपना देख्न थल्नुपर्ने भएको छ।’ 

 

विकास निर्माण र समृद्धिका लागि ठूलाठूला लक्ष्य राखेर अघि बढ्नु पर्ने भएको समेत प्रचण्डले बताए। ‘प्रतिपक्षका साथीहरुलाई संका लागेको छ । उहाँहरुले नीति तथा कार्यक्रममा भएको काम हुनै नसक्ने भन्नुभएको छ’ उनले भने, ‘त्यो प्रतिपक्षको धर्म, कामभित्रै पर्छन् । त्यो स्वभाविक हो। उहाँहरुको भनाइलाई मध्यनजर गर्दै काममा अघि बढ्नुपर्ने छ।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी

विशेष