देश राजनीति

विधेयकमा तयारी पुगेन : प्रचण्ड

विधेयकमा तयारी पुगेन : प्रचण्ड

 


काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा पेश भएका र हुन लागेका लागेका विधेयकहरुको पूर्ण तयारी नभएकोले विरोध भएको बताउनुभएको छ । प्रेस संगठन चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले विधेयकहरु पूर्ण तयारी विना ल्याइएकाले परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

 

गुठी, संचार लगायतका विधेयकहरु ल्याउदा सम्वन्धित क्षेत्रका विशेषज्ञहरुसंग सुझाव लिनुपर्ने उहाँको धारणा छ ।
‘जुन गृहकार्य भएर विधेयक आउनुपर्ने थियो,त्यो नभएको देखियो । ’ प्रचण्डले बताउनुभयो । प्रधानमन्त्री फर्किए लगत्तै यसबारे सरसल्लाह हुने दाहालको भनाइ छ । 

 

सरकारकाे नेतृत्व आलोपालो सहमति अनुरुप
अध्यक्ष प्रचण्डले सरकारको आलोपालको विषयमा जे सहमति छ सोही अनुसार हुने स्पष्ट पार्नुभयो । पत्रकारहरुलाई यो विषयमा पटक–पटक नसोध्न समेत उहाँले आग्रह गर्नुभयो । 

 

पार्टी एकताबारे प्याकेजमैँ सहमति 
अध्यक्ष प्रचण्डले पार्टी एकताबारे प्याकेजमैँँ सहमति गरिने जानकारी दिनुभयो । छिट्टैनै पाटी एकतालाई तल्लो तहसम्म टुंड्ग्याउने गरी काम अगाडि वढिरहेकोले प्रधानमन्त्री विदेश भ्रमणवाट फर्के लगत्तै प्याकेजमै घोषणा गर्ने उहाँको भनाइ छ । 


चितवनको रामपुरमा वन्न लागेको रंगशालालाई सरकारले सहयोग गर्ने पनि उहाले जानकारी दिनुभयो । निजी क्षेत्रवाट वन्न लागेका खेलका ठूला परियोजनामा सहरकारले सहयोग गर्ने नीति नै पारित गरेकोले सरकारले राष्ट्रिय गौरबको आयोजनाका रुपमा रंगशालालाई अघि वढाउने प्रतिवद्धता अध्यक्ष दाहालले जनाउनुभयो ।  

विशेष