राजनीति

नेकपामा बादल निर्णायक, केन्द्रीय समितिमा उनी जता उतै पल्लाभारी

नेकपामा बादल निर्णायक, केन्द्रीय समितिमा उनी जता उतै पल्लाभारी

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थिति बलियो बन्दै गएको छ । एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूहको निर्णायक उपस्थिति देखिएको हो । पार्टीभित्र रहेका केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ ।

 

थापा समूहबाट एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका थिए । जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको उपस्थिति बलियो देखिएको छ भने प्रदेशमा सचिव र केही जिल्लामा अध्यक्षसमेत आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

नेपाल कम्युनिस्ट पार्टी रामबहादुर थापा ‘बादल’

विशेष