भिडियो

तेह्रथुमे ढाका : गाउँले किन्यो शहरले चिन्यो मात्र (भिडियोसहित)

७ हजारको टोपी, ३५ हजारको साडी

तेह्रथुमे ढाका : गाउँले किन्यो शहरले चिन्यो मात्र (भिडियोसहित)

 

काठमाडौँ । पछिल्ला दिनमा ढाकाका कपडाको माग बढ्दै गइरहेको छ । धागो र रंग संयोजनको कलात्मकताकै कारण तेह्रथुमे ढाका कपडाको निर्यात  नेपालका धरान, विराटनगर, झापा, पोखरा, काठमाडौंसहित तेस्रो मुलुकमा समेत हुने गरेको छ । तेह्रथुम पुग्ने जो कोहीले उपहारका रुपमा तेह्रथुमे ढाका बोक्ने गरेको व्यापारीहरुको भनाइ छ ।

 

हातले घरेलु तानमा बुनेका तेह्रथुमे ढाका कपडा हङकङ, यूके, सिंगापुर, ब्रुनाई, भारत लगायतका देशमा निर्यात हुन्छ । गतवर्षदेखि तेह्रथुमे ढाका युरोपमा पनि निर्यात हुन थालिसकेको छ । घरघरमा हाते तान राखेर तयार गरिएका ढाकाका कपडा स्तरीय र आकर्षक भएको भन्दै युरोपेली मुलुकबाट माग बढेको ढाका व्यापारीहरु बताउँछन् ।

 

विकसित देशहरु अमेरिका, बेलायत, दक्षिण कोरिया, अष्ट्रेलिया, मलेशिया, सिंगापुर लगायतका देशमा ढाका निर्यात हुन थालेको छ । तेह्रथुमे ढाकाको टोपी, साडी, कुर्ता सलवार, पछ्यौरा, चौबन्दी चोलो, रुमाल, टप्स, टाई, पर्स, दौरा सुरुवाल, ढाकाका कोटलगायतका सामग्रीहरू लोकप्रिय छन ।

 

ढाका कपडाको व्यवसायबाट न्यून आय भएकाहरूले घरमै बसेर लाखौं रुपैयाँ आर्जन गरिरहेका छन् । हातैले बुनेका कलात्मक ‘तेह्रथुमे ढाका’  तेह्रथुम जिल्लाकै पहिचान बन्दै गएको छन् । विदेश निर्यात हुने, तेह्रथुममैँ बिक्री हुने सामान काठमाडौँमा बिक्री हुन नसकेको अनुग्रह ढाका उद्योगकी सञ्चालिका चन्दा कुरुम्बाङ लिम्बुले गुनासो गरिन् ।

उनै लिम्बुसँग हामीले तेह्रथुमे ढाका बजारबारे जानकारी लिएका छौँ ।

विशेष