सिमेन्ट उद्योगको ढलान भत्किँदा ३ मजदुरको मृत्यु

दाङ । सिमेन्ट उद्योगको ढलान भत्किँदा दाङमा तीन मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार बिहान दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण गर्ने क्रममा बिहान २ बजेति छैटौँ तलाको सट्रिङ भत्किँदा तीन मजदुरको मृत्यु भएको हो।
घटनामा भारत झारखण्ड घर भएका ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षका साहेबको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा तीन जना घाइते भएका छन्। जसमध्ये दुई जनालाई थप उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ।
मजदुर दाङ सिमेन्ट उद्योग ढलान