विचित्र विश्व

अनलाइनबाटै भीख मागेर ५५ लाख जम्मा !

अनलाइनबाटै भीख मागेर ५५ लाख जम्मा !

काठमाडौंः एक यरोपेली महिलाले अनलाइनमार्फत् भीख मागेर ५५ लाख ६९ हजार जम्मा गरेकी छिन् । उक्त भीख सहयोगका लागि भन्दा पनि गलत नियत राखेर कमाएको थाह पाएपछि उनलाई संयुक्त अरब इमिरेट्स प्रहरीले दुबईमा पक्राउ गरेको छ ।

 

श्रीमानले छाडेका कारण बच्चाको लालनपालनको जिम्मा आफ्नो काँधमा रहेको जनाउँदै ती महिला सामाजिक सञ्जालमा विभिन्न प्लेटफर्ममा फोटो पोस्ट गरेर पैसा माग्थिन् । उनले फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा अनेकन एकाउन्ट खोलेर बच्चाको फोटो देखाउँदै भीख माग्ने गरेकी थिइन् । उनको यो हर्कत थाहा पाएपछि उनका श्रीमान्ले प्रहरीसमक्ष उजुरी गरेका थिए ।

 

बच्चा आफ्नै साथमा रहेको र ती महिलाले सामाजिक सञ्जालमार्फत् आफ्नो बेइज्जत गरेको लिखित उजुरी परेपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । साउदी कानुनअनुसार अनलाइनमार्फत् भीख माग्नु अपराध मानिन्छ । यो कुरा प्रमाणित भए ती महिलाले लाखौं रुपैयाँ जरिवाना तिर्नुका साथै जेल जानुपर्नेसम्म हुन सक्छ । एजेन्सी 

भीख अनलाइन यरोपेली महिला

विशेष