राजनीति

परिस्थिति अनुकुल रहे पूर्व-सहमतिअनुसार एक वर्षमा प्रधानमन्त्री बन्छु : प्रचण्ड

परिस्थिति अनुकुल रहे पूर्व-सहमतिअनुसार एक वर्षमा प्रधानमन्त्री बन्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिस्थिति अनुकुल रहे पूर्व-सहमतिअनुसार एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने बताएका छन् । शनिबार विराटनगरमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘एक वर्षपछि प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमति र निर्णय गर्ने विषय हो  । तर परिस्थिति कस्तो विकास हुँदै जान्छ, त्यसमा पनि निर्भर हुन्छ । पार्टी एकताको बेलामा ऐतिहासिक रुपमा जे सहमति गरेका छौँ । त्यसलाई हामी इमान्दारिता साथ कार्यान्वयन गर्दै लान्छौँ, ’उनले भने ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष मध्येका एक केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सथपग्रहण समारोहमा सरिक भएको बेला प्रचण्डले दिएको एक अन्तर्वाता विवाद बनेको थियो । उनले उक्त अन्तर्वार्तामा आफूले सहमतिको कुरा सम्मरण मात्रै गरेको बताएका छन् । उनले यस विषयमा कुनै हल्ला गर्नुपर्ने कुरा नभएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

उनले भने, ‘अन्तरवार्तामा पार्टी एकताका बेलामा हाम्राबीच भएका सहमतिको कुरा स्मरण मात्रै गरेको छु । बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषय बोलेकै छैन। प्रधानमन्त्री ज्यूले त्यो कुरा राम्ररी बुझ्नुभएको छ।’ अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले आफ्नो पद चार पाँच दिन मात्रै बाँकी रहेको भन्दै दिएको प्रतिक्रिया प्रतीकात्मक भएको बताए ।

उनले पार्टीका साथी, समर्थक र जनसमुदायलाई आलोपालो सरकारको नेतृत्व गर्ने विषयलाई अनावश्यक रुपमा पचारमा नलैजान र अनावश्यक पोलराइजेशन नगर्न मेरो आग्रह छ । उनले भने,‘ मैले जे बोले त्यो पहिला नै बाहिर आएकै कुरा हो । त्यो कुनै नौलो विषय र पहिलो पटक बोलेकोले कुरा होइन् । यसलाई अतिरञ्जित रुपमा लैजान जरुरी छैन ।’

पुष्पकमल दाहाल प्रचण्ड

विशेष