समाज देश प्रदेश ७

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु


काठमाडौँ ।  बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्ग्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भीरबाट खसेको प्रहरीले जनाएको छ।

 

जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ ।
 

विशेष