राजनीति

गुठी विधेयक फिर्ता, आन्दोलन यथावत् 

गुठी विधेयक फिर्ता, आन्दोलन यथावत् 


काठमाडौँ । सरकारले पत्रकार सम्मेलन गरेर गुठी विधेयक फिर्ता लिएपनि गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने भएको छ । सम्पदा अभियन्ता पवित्र बज्राचार्यले सरकारले विधेयक फिर्ता लिँदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा आउनुपर्ने बताउनुभयो ।

 

रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने बताउनुभयो । बज्राचार्यले अहिलेको विधेयक खिचडी भएको भन्दै सरकारले जनताको चित्त दुखाएको बताउनुभयो । भूमाफियालाई जग्गा हडप्ने वातावरण निर्माण गर्न सरकारले ल्याएको विधेयक सहायक बन्ने भन्दै उहाले त्यसलाई रोक्न आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिनभयो ।

 

सांस्कृतिक सम्पदाको रक्षा र सम्वद्र्धनको जिम्मेवारी सरकारले लिनुपर्ने उहाले बताउनुभयो ।  साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताउनुभयो । काठमाडौं बाहिर र भित्रको गुठी फरक भएकाले यही विधेयकले समेट्न नसक्ने उहाले बताउनुभयो । 

विशेष