दुई तिहाइ मत बाँदरको हातमा नरिवल : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई जनताले दिएको दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको भनि कडा टिप्पणी गर्नुभएको छ । बुधबार काठमाडौँमा भएको कार्यक्रममा थापाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाउनु भयो ।
उहाँले राज्यको स्रोत र शक्ति कब्जा गरेर अघि बढने अनकन्टक लक्ष्य लिएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार र दिशाहीन बन्न पुगेको आरोप लगाउनुभयो । प्रमुख प्रतिपक्ष काँग्रेसले पटकपटक बेइमानी गरेको उहाँको भनाइ छ ।
अध्यक्ष थापाले काँग्रेस–कम्युनिष्ट नेतृत्वको सरकारले पटक पटक धोका दिएपछि आम जनताले आफ्नो पार्टीप्रति ठूलो आशा र भरोसा गरेको दावी पनि गर्नु भयो ।