गुठी विधेयकले किसानका छोराकाे गाँस बास खोस्यो
काठमाडौँ । सत्तारुढ दल नेकपाका सांसद गगाां चौधरी सद्गौवाले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रामक प्रचार गरि चौतर्फी विरोध गर्न लगाएर किसानका छोरा छोरीको गाँसबास खोस्ने काम गरेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको उहाँले आरोप लगाउनुभयो ।
प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा उहाँले भन्नुभयो –‘‘ सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुखीहरुको मुहारमा खुसी देख्न सकेन । र गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भुमिहिन किसानहरुको छोरा छोरीको गाँसबास खोस्न प्रयास गरि विधेयक फिर्ता गर्न खेल खेल्यो । ”
उहाँले गुठी विधेयक फिर्ताले गुठी पीडीत किसानहरुको भावनामा ठुलो ठेस पुगेको बताउनुभयो ।
उहाँले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरुबाट नै राज्यसत्ता सञ्चालन भईरहेको भन्दै रोष प्रकट गर्नुभयो । उहाँले सामन्तहरुको आँखा आफ्ना पुर्वजहरुको पसिना लुट्न लालयित भएको आरोप पनि लगाउनुभयो ।