गुठी विधेयक औपचारिक रुपमा फिर्ता
काठमाडौँ । सरकारले राष्ट्रियसभामा लगेको गुठी विधेयक औपचारिक रुपमा फिर्ता भएको छ। मंगलबारको राष्ट्रियसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राख्नुभएको विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
सरकारले गुठीको जग्गा व्यक्तिको नाममा सार्नसक्ने लगायतका प्रावधानसमेत राखेर विधेयक ल्याएपछि गुठीसँग सम्बन्धित संघसंस्था लगायतले विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका थिए । गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ को चौतर्फी विरोध भएपछि अघिल्लो साता पत्रकार सम्मेलन गरेर मन्त्री अर्यालले विधेयक फिर्ता हुने जानकारी गराउनुभएको थियो ।