राजनीति

समझदारीबाट पछि हटे दुर्भाग्य हुन्छः अध्यक्ष प्रचण्ड

समझदारीबाट पछि हटे दुर्भाग्य हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् । नेकपा चितवनको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले सहमतिबाट लड्खडाउन थाल्दा र स्वार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पर्ने बताए ।

 

‘पार्टी एकता गर्दा जे जे कुरालाई आधार बनाएर समझदारी गरेका छौँ, हस्ताक्षर गरेका छौँ, दस्तावेजीकरण गरेका छौँ, उनले भने, ‘तिनबाट पछि पछि हट्न थाल्यौँ, कुनै न कुनै बहाना खोज्न थाल्यौँ भने त्योभन्दा दुर्भाग्यपूर्ण केही हुनै सक्दैन ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिस्ट पार्टी

विशेष