राजनीति

विप्लव समूहका नेता तथा पूर्वमन्त्री राई नेकपामा प्रवेश

विप्लव समूहका नेता तथा पूर्वमन्त्री राई नेकपामा प्रवेश

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राईले पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनलाई पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले पार्टी प्रवेश गराएका हुन् । 

आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । उनलाई पार्टीमा भित्र्याएर स्वागत गर्ने क्रममा पार्टी अध्यक्ष प्रचण्डले  आफूले हुर्काएको सिकाएको र नेता बनाएको एक असल योद्धालाई पार्टीमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

पार्टी प्रवेशका क्रममा राईले गलत बाटोबाट हित हुँदैन भनेर पुरानै पार्टीमा फर्केको बताए। पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री राई तत्कालीन नेकपा माओवादी विभाजित भएपछि विप्लवसँग लागेका थिए।  राई पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । पार्टी नीतिविपरीत मिडियामा बोलेको भन्दै राईलाई पार्टीले कारवाहीसमेत गरेको थियो । 

नेकपा नेत्रविक्रम चन्द 'विप्लव'

विशेष