प्रधानमन्त्रीले भने, ‘माओवादीले पाएको मत १३ प्रतिशत, एमालेको ३३ प्रतिशत, सत्ता किन गर्ने आधाआधा ?’
काठमाडौं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब हेर्दै कुराकानी राफसाफको प्रयत्न गर्नुभएको छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले देशभरबाट पाएको कुल मत १३ लाख ३ हजार ७ सय २१ (१३.६५ प्रतिशत) थियो । ६०÷४० को अनुपातमा उम्मेदवारी बाँडफाँड भयो । पार्टी एकतामा पनि त्यही हिसाब तय गरियो । तर, जनादेश फरक किसिमको आयो । र, अहिले बालुवाटारमा बसेर प्रधानमन्त्री त्यही चुनावको हिसाब गर्दै हुनुुहुन्छ । जुन केही दिनअघि माधव नेपाललाई बोलाएरै सुनाउनु भयो ।
चुनाव चिन्हबारे कन्फ्युजन हुँदा ८–१० प्रतिशत मत बदर भएको छाडेर पनि तत्कालीन एमालले पाएको मत हो (३१ लाख ७३ हजार) अर्थात ३३.२४ प्रतिशत । यदि, एउटै चिन्हबाट लडेको भए परिणाम दुवैको ५५ देखि ६० प्रतिशत आउने रहेछ । यति हिसाब सुनाएपछि केपीले भन्नुभयो, ‘अनि, तपाई प्रचण्डसँग मिलने किन सहमतिको कुरा उठाउनु हुन्छ ? आधा आधा कसरी दिने ल भन्नुस् । उपराष्ट्रपति, सभामुख, प्रमुख सचेतक, राष्ट्रिय सभामा उपाध्यक्ष दिएकै छ त ?’ केपीको हिसाब निकाल्ने चातुर्यताबाट प्रभावित भएर होला, माधव नेपालले संक्षिप्त प्रतिक्रिया दिनुभयो, ‘कुरा त्यस्तो पो हो ?’ आजको जनआस्था साप्ताहिकबाट
प्रधानमन्त्री केपी ओली माधवकुमार नेपाल