विचित्र विश्व

जब च्याम्पियन्स लिगको फाइनल चलिरहँदा एक महिला कपडा फाल्दै मैदान प्रवेश गरिन्... भिडियो

जब च्याम्पियन्स लिगको फाइनल चलिरहँदा एक महिला कपडा फाल्दै मैदान प्रवेश गरिन्... भिडियो

आइतबार बिहान स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेलमा एक महिला आफ्ना लुगा फालेर मैदान प्रवेश गरेपछि हंगामा भएको छ। करिब २० मिनेटको खेल चलिरहँदा एक महिला दर्शकको भीडबाड दौडँदै मैदानमा प्रवेश गरिन उनी आफ्ना लुगा फालेर मैदानको बीचतिर दौडेकी थिइन् ।

सुरक्षार्थ खटिएका व्यक्ति पछिपछि दौडिएर गएर उनलाई समातेर बाहिर ल्याए । एकैछिन रोकिएको खेल पुनः सुचारु भयो । ती महिला को हुन् ? किन उनले त्यसो गरिन ? भन्नै विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका खबरअनुसार उनले एक पोर्न वेब साइटको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् ।

किन्सी वलान्स्की नामकी ती महिला पोर्न वेब साइटकी सञ्चालक हुन् । उनले यही च्यानलको प्रचारका लागि यस्तो हर्कत गरेकी बताइएको छ । दी सनकाअनुसार किन्सी वलान्स्की चर्चित प्रान्क युट्युब च्यालनकी सञ्चालक भिटाली दोरोभस्कीकी साथी हुन् ।

उनीहरू युट्युब च्यानलका साथै त्यस पोर्न साइटका पार्टनर हुन् । भिटाली दोरोभस्कीले २०१४ को विश्वकप फाइलनमा यस्तै हर्कत गरेकी थिइन् । त्यसपछि उनलाई  खेल हेर्नका लागि प्रतिबन्ध गरिएको थियो । एजेन्सी ।

च्याम्पियन्स लिग

विशेष