मन्त्रीमण्डल पुनर्गठन नहुने महासेठको दाबी
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लबले बुधबार गरेको साक्षात्कारमा बोल्दै महासेठले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयाे ,‘मन्त्रिमण्डल पूनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखिनै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो ।’
उहाँले अगाडि थप्नुभयाे,‘मन्त्रिमण्डल पूनगर्ठन भएपनि अध्यक्षद्धयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन ।’
सरकार गठन भएको १७ महिना व्यतित भएको र यो अवधिमा सरकार कुनैपनि मोर्चामा असफल नभएको पनि उहाँको भनाइ छ ।
मन्त्री महासेठले सरकारले एक वर्षमा ईतिहासमै कसैले गर्न नसकेको काम गरेर ‘रेकडर्’ नै कायम गरेको पनि दाबी गर्नुभयो ।