राजनीति

'संसदमै चार पटक लडेँ, ज्यान जोगाइपाऊँ सभामुखज्यू'

'संसदमै चार पटक लडेँ, ज्यान जोगाइपाऊँ सभामुखज्यू'

काठमाडौं : सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले सभामुख कृष्णबहादुर महरासामु ज्यान जोगाइदिन आग्रह गरेका छन्। उनले आइतबारको संसद बैठकमा विशेष समय लिएर सभामुखसामू ज्यान बचाउन आग्रह गरेका हुन्।

उनले संसद भवनमा राखिएका भाँचिएका कुर्चीबाट पटकपटक गरी चारचोटि सम्म लडेको बताउँदै ज्यान बचाउन आग्रह गरेका हुन्। सभामुखले समय दिएलगत्तै माइक लिएका उनले केही समय माइक नै मिलाउन लाग्यो।

त्यसपछि उनले अर्को माइक समातेर भाँचिएको कुर्ची देखाउँदै भने, 'सम्मानित सभामुख महोदय, चार पटक भयो सभामुख महोदय म यहाँबाट लडेको। अहिलेसम्म दुर्घटना भएको छैन। बचिएको छ। यो कतिपटक भन्नु पर्ने हो सभामुख महोदय। संसद सचिवालयले आगामी दिनमा यस्ता कुर्चीहरू कम्तीमा नराखिदियोस। यो त धराप भयो। यो त धेरै गम्भीर आपत्तिको विषय भएकाले ज्यान जोगाइपाउँ भन्नु पर्ने अवस्था आयो।' 

उनले यसो भनिरहँदा सभामुखसहिहत सांसदहरू मुसुमुसु हाँसेका थिए।

संघीय संसद

विशेष