रोजगार

वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य सीप परीक्षणबाट पछि हट्यो सरकार

वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य सीप परीक्षणबाट पछि हट्यो सरकार

काठमाडौं : वैदेशिक राजगारीमा जाने युवालाई सीप परीक्षण अनिवार्य रूपमा लागू हुने घोषणा गरेको सरकार उक्त कार्यक्रम लागू हुन नपाउँदै पछि हटेको छ। सरकारले सम्बन्धित काममा सीप नसिकी वैदेशिक रोजगारीमा जान नपाइने घोषणा गरेदेखि नै म्यानपावर व्यवसायी त्यसको विरोधमा थिए। सीप परीक्षण गरेर मात्र वैदेशिक रोजगारीमा पठाउने आधार तयार नभएको भन्दै व्यवसायीले विभिन्न शक्ति केन्द्रमा लबिङ गरेका थिए।

वैदेशिक रोजगार विभागले यही असार १५ देखि कम्तीमा एक सय ६० घण्टा वा एक महिना तादपम लिएका र त्यस्तो तालिम सिटिभिटिइबाट परीक्षण भएपछि मात्र वैदेशिक रोजगारीमा जान पाउने घोषणा गरेको थियो। विभागका महानिर्देशक भिष्मकुमार भुसालले सीप परीक्षण बायोमेट्रिक प्रणालीबाट गर्नुपर्ने भएकाले तत्काल त्यो सम्भव नभएकाले हाल अनिवार्य सीप परीक्षण लागू नहुने बताए। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

वैदेशिक रोजगार

विशेष