भिडियो

रोपाहारको एक दिन, धानका लागि गरिएको संघर्ष (भिडियाेसहित‌‌)

रोपाहारको एक दिन, धानका लागि गरिएको संघर्ष (भिडियाेसहित‌‌)

हरि न्याैपाने । 
भक्तपुर । सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र विहान 
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला
बनाइ कुलो लगाई पानी आएर गोडौँला ।
कवि दैवज्ञराज न्यौपानेको यस कविताले मध्य असारमा व्यस्त किसानको दैनिकीबारे बताउँछ । नेपाल आज युनिट मध्य दिनमा खेतमा उनीहरुको दैनिकी नियाल्न भन्दै कंक्रिटै क्रंक्रिटको जंगलबाट खेततिर पुग्यो ।

 

भक्तपुरको ताथली–९ स्थित खेतमा केही किसान काममा मग्न थिए । मध्य घाममा खोलाको पानी ठूलो खाल्डोमा राखेर गजगज हिलोमा धमाधम धान रोप्न केन्द्रित किसानहरुसँग हामी क्यामेरा तेस्र्याउँदै पुग्यौँ । 


दुई छुट्टाछुट्टै परिवार धान रोप्न केन्द्रित थियो । एउटी सानी नानीले पनि धमाधम धान रोप्दै थिइन । हामी पुगेपछि उनी लजाउँदै भागिन । उनकी माइजु, छेवैमा धान रोप्दै थिइन् । उनै माइजुसँग हामीले रमाइलो कुराकानी सुरु गर्यौँ । त्यसपछि भने हामी निरन्तर अन्य रोपाहार, बाउसेसँग कुराकानीमा केन्द्रित भयौँ ।  

 

">

विशेष