राजनीति

राजनीतिक हत्याका घटना दोहोरिन सक्छ : प्रचण्ड

राजनीतिक हत्याका घटना दोहोरिन सक्छ : प्रचण्ड


काडमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गर्नुभएको छ । मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा राजधानीको राष्ट्रियसभागृहमा भएको कार्यक्रममा प्रचण्डले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी ४५ वर्षकै उमेरमा मारिएको, तर आफूहरु अहिलेसम्म बाँचिरहेको उल्लेख गर्दै आफूहरु पनि मारिन सक्ने बताउनुभयो ।

 

राजनीतिक हत्या प्रतिहत्याका दोषी पत्ता लगाइ भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको उहाँले बताउनुभयो। मदन भण्डारीको हत्या नियोजित हो भन्ने सबैलाई लागेको भएपनि आज सम्म हत्यारा किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसकेकाले भोली पनि त्यस्तै घटना दोहोरिन सक्ने उहाँको तर्क छ ।

 

नेपालको इतिहासमा उच्च राजनीतिक हत्या प्रतिहत्याका भयानक र लामो श्रृंखला भएको उल्लेख गर्दै उहाँले ठुला ठुला राजनीतिक हत्या प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिले सम्म सफल हुन नसकेको बताउनुभयो । मदन भण्डारी हत्या, उनका चालकको हत्या अनि दरबारहत्याकाण्ड भइसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको तर्फ गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 


राजा विरुद्ध बोल्न सक्ने र बैदेशिक प्रतिक्रियावादीलाई पनि ठाडठाडै लल्कार्न सक्ने हैसियत राख्न सक्ने नेता भएकाले प्रतिक्रियावादीहरुले हत्याको डिजाईन गरेको हो भनेर बुझ्न गाह्रो नभएपनि हत्यारा पत्ता लगाउन नसक्दा भविष्यमा पनि त्यस्ता घटना हुन सक्ने आंशका प्रचण्डको थियो ।  
 

विशेष