राजनीति

भीम रावलको प्रश्न : आइफा अवार्ड कसको उक्साहट र स्वार्थमा?

भीम रावलको प्रश्न : आइफा अवार्ड कसको उक्साहट र स्वार्थमा?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले सरकार आयोजक भएर गर्न लागिएको इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) प्रति असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सञ्जालमा पोस्ट् लेख्दै भारती फिल्म प्रचारका लागि नेपाल सरकारको एक अर्ब लगानी गर्ने लागेको प्रति आश्चर्य व्यक्त गरेका छन्।

माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत उनले सरकारलाई भनेका छन्, ‘भारतीय चलिचत्र पुरस्कार आइफाको आयोजनाको लागि काठमाडौं न.पाले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ। यस्ता काम कसको उक्साहट र स्वार्थमा कसले किन गर्छ होला!’

नेता रावलले पार्टीको स्थायी समितिको बैठक बस्न नसकेको प्रति पनि यसै विषयलाई जोडेर जिज्ञासा राखेका छन्। ‘नेकपाको स्थायी समिति बैठक भए जान्न पाइन्थ्यो कि?’

भारतमा निजी तवरमा हुने कार्यक्रमलाई सरकारले अगस्टको अन्तिम साता काठमाडौंमा आयोजना गर्दैछ। आगन्तुकको आवातजावत र बसाइँ गरी १ अर्बभन्दा बढी सरकारी ढुकुटी उक्त कार्यक्रममा खर्च हुने भएको भन्दै अहिले सरकारको निर्णयको आलोचना भइरहेको छ।

आइफा अवार्ड भीम रावल

विशेष