भिडियो

भारतीय सीमा नाकामा तरकारी तथा फलफूलका ट्रक रोकिँदा काठमाडौंमा कस्तो असर?, भिडियो

भारतीय सीमा नाकामा तरकारी तथा फलफूलका ट्रक रोकिँदा काठमाडौंमा कस्तो असर?, भिडियो

काठमाडौं : भारतमा उत्पादित तरकारी तथा फलफूल नेपाल भित्र्याउँदा अनिवार्य क्वारेन्टाइन र विषादी मापनका लागि जीवनाषक विषादीको नमुना परीक्षण ‍गराउन भएपछि केही दिनदेखि सीमा नाकामा तरकारी तथा फलफूल बोकेका ट्रक रोकिएका छन्। नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्र बढी रहेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्र जारी गरेर नमुना परीक्षण गर्न भनेको हो।

भारतीय सीमामा तरकारी तथा फलफूल बोकेका ट्रक रोकिँदा काठमाडौंस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कस्तो असर पर्‍यो भन्ने विषयमा नेपालआजले भिडियो रिपोर्टिङ गरेको थियो। सो क्रममा यहाँका थोक तथा खुद्रा व्यापारीले भारतीय सीमामा तरकारी तथा फलफूलका ट्रक रोकिँदा खासै असर नपरेको बताए। उनीहरूले आलु, प्याज परवर जस्ता भारतबाट आयात हुने तरकारी जन्य वस्तुको मूल्यमा केही उचारचढाव आएपनि अन्य तरकारीमा त्यस्तो असर नपरेको बताए।

तरकारी व्यवसायीले सरकारको कदमलाई उचित भएको भन्दै यसलाई निरन्त्रता दिन पनि आग्रह गरेका थिए। साथै उनीहरूले नेपाली किसानलाई प्रत्साहित गर्ने गरी कार्यक्रम ल्याउन समेत आग्रह गरे। 

हेर्नुहोस भिडियो :

कालिमाटी

विशेष