कसारजस्तो सारो छैन असार ! (फोटोफिचर)
फोटो : चन्द्र राई
असारको हिलो, हिलो नभएर सिर्जना हो । असार त्यो मानो हो, जसले मंसिरको मुरी बोलाउँछ । बीउ असल भए, उत्पादन पनि असलै हुने हो । त्यसैले असार सपनाको बीउ हो । कोही अत्यन्तै व्यस्त छ व्यंग्यपूर्व भन्ने गरिन्छ– ‘उसलाई असार १५ लागेको छ ।’ नेपाली साहित्यले पनि असारको महिमा थुप्रै गाएको छ । यो पंक्ति पढ्नुस् त– ‘न भित्र खोक्रो, न बाहिर बोक्रो गुलियो कसार, पूर्वको ढोका खोलेर हेर्दा, लागेछ असार ।’
कसार असार