अर्थ राजनीति

चिनियाँ कम्पनी शंकास्पद, बुढीगण्डकी स्वदेशी लगानीमा बनाउनुपर्छ : देउवा

चिनियाँ कम्पनी शंकास्पद, बुढीगण्डकी स्वदेशी लगानीमा बनाउनुपर्छ  :  देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गोरखाको दोस्रो गोरखा नगरसभालाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय गौरवको आयोजनामा नेपाली जनताको लगानी भएमा त्यसको दीर्घकालीन फाइदासमेत नेपाली नै लिन पाउने भन्दै विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिन नहुने बताए ।

 

सभापति देउवाले भने, “नेपालीसँग पैसा छ, नेपाली जनतालाई नै लगानीको अवसर दिनुपर्छ ।” सभापति देउवाले चिनियाँ गोजुवा कम्पनी समयमा आयोजना निर्माण गर्ने खालको कम्पनी नभएको भन्दै गोजुवालाई आयोजना निर्माणको ठेक्का दिन नहुने तर्क गरे ।

 

उनले विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिनु शङ्कास्पद रहेको दाबीसमेत गरे ।

विशेष