विप्लव नेतृत्वको नेकपामा नेताहरूको जिम्मेवारी हेरफेर
दाइलाई मध्यपश्चिम कमान्डको जिम्मा
काठमाडौं : प्रतिबन्धित नेकपाले आफ्ना नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । डेढ साताअघि बसेको बैठकले पार्टीको कमान्ड र ब्युरोको नेतृत्व फेरबदल गरेको हो । फेरिएको संरचनामा राजधानीसहितको मध्यकमान्ड महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’कै निगरानीमा रहने स्रोतले बतायो ।
चार कमान्ड रहेको संगठन संरचनामध्ये सो पार्टीले मध्यकमान्डमा राजधानी काठमाडौंलगायत जिल्लालाई समेटेको छ । मध्यकमान्डलाई हेडक्वार्टर (विप्लव)को प्रत्यक्ष निगरानीमा रहने गरी इन्चार्जमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तोकिएको छ । पछिल्लोपटक मध्यकमान्ड हेर्दै आएका हेमन्तप्रकाश ओली‘सुदर्शन’ काभ्रेबाट पक्राउ परेका थिए ।
स्थायी समिति बैठकले मध्यपश्चिम कमान्डको जिम्मेवारी चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई दिएको छ । त्यो क्षेत्र हेर्दै आएका स्थायी समिति सदस्य सन्तोष बुढामगर‘विषम’लाई पूर्वी कमान्डको जिम्मेवारी तोकेको छ । चन्द महासचिव विप्लवका दाइ हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।
नेत्रविक्रम चन्द ‘विप्लव’