विप्लवका नाममा ८ को ज्यान गयोः जसले बढी मान्छे मार्छ, उहि ठूलो नेता !
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा सो समूहका आठ कार्यकर्ता मारिएका छन् ।
चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ । पछिल्लो पल्ट बुधबार भोजपुरमा ओखलढुंगा इञ्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका छन् ।
भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौं विष्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन् । काठमाडौं विष्फोटमा एक सर्वासाधारणको पनि ज्यान गएको थियो । प्रतिबन्धयताको अवधिमा दुई प्रहरीसहित ९ जना घाइते भएका छन् ।
कान्तिपुर दैनिकबाट