राजनीति

पूर्वप्रधानमन्त्री नेपाल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री नेपाल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमासिंघेबीच भेटवार्ता भएको छ । श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा भाग लिन कोलम्बो पुगेका नेता नेपालले बिहीबार प्रधानमन्त्री विक्रमासिंहे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुरलगायतसँग भेटवार्ता गरेका छन्।  भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धबारे चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो । 

 

लामो समय द्वन्द्व भोगेका दुवै मुलुकका नेताहरूले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभव बारेमा चर्चा गरेका थिए। भेटमा श्रीलंकास्थित नेपाली राजदूत डा‍. विश्वम्भर प्याकुरेल पनि सहभागी थिए। असार २३ गते कोलम्बो प्रस्थान गरेका नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ। 

माधवकुमार नेपाल रणिल विक्रमासिंघे

विशेष