राजनीति

मन्त्रालयका कामप्रति ओली असन्तुष्ट, भने, ‘अब तर वा यदि जस्ता कुराले हुँदैन’

मन्त्रालयका कामप्रति ओली असन्तुष्ट, भने, ‘अब तर वा यदि जस्ता कुराले हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरुको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक समीक्षामा उनले असन्तुष्टि व्यक्त गरेका हुन् । 


प्रधानमन्त्री ओलीले सरकारका विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘बाटो किन बनेनभन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटीको अन्त्य हुनुपर्छ, प्रशासकहरुले योजना समन्वय, निर्देशनगराउने विषयमा गम्भीरतापूर्वक ध्यान पुर्याउनुहोस् । 

नागरिक दैनिकबाट 
 

विशेष