राजनीति

कांग्रेस सांसदले ५ दिनको तलब बाढीपीडितलाई दिने

कांग्रेस सांसदले ५ दिनको तलब बाढीपीडितलाई दिने

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदको पाँच दिनको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको पाँच दिनको तलब पीडितको राहतका लागि खर्च गर्ने निर्णय गरेको हो । संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै बाढीपीडितको सहयोगमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

 

कांग्रेसले पीडितको उद्दार र राहतमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेको छ । यस्तै, सरकारले दिने राहतमा कांग्रेसले अनुगमन गर्ने जनाएको छ । मुलुक दुःखमा परेको भन्दै जारी केन्द्रीय समिति बैठक पनि कांग्रेसले साउन ७ गतेसम्म स्थगित गरेको छ ।

नेपाली काँग्रेस तलब बाढीपीडित

विशेष