इन्टरनेटको शुल्क वृद्धि तत्काल फिर्ता लिन नेता महरको माग

नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता नैन सिंह महरले ईन्टरनेटको शुल्क बढाउने निर्णय तत्काल फिर्ता गर्न केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग माग गरेका छन् ।
सरकारले श्रावण १ देखि लागू हुने गरी ईन्टरनेटमा १३ प्रतिशत शुल्क बढाउने निर्णयको नेता महरले घोर भर्त्सना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता महरले उक्त सरकारी निर्णय निकै खेदजनक भएको बताएका हुन् ।
'चौतर्फी असफलताको चरमचुलीमा पुगेको र अलोकप्रियताको भारीले थिचिएको करप्रसाद वली जीको सरकारले श्रावण १ देखि ईन्टरनेटमा १३ शुल्क बढाउने निर्णय गरेको विषय खेदजनक छ,' नेता महरले फेसबुकमा लेखेका छन, 'नेपाल दूरसंचार प्राधिकरणले नत गुणस्तरको अनुगमन गर्न सकेको छ, न त लुटतन्त्रनै रोक्न सकेको छ ।'
सबै प्राधिकरणहरु माफियाको चंगुलमा फसिसकेका कारण “बूढी मरिभन्दा काल पल्केको डर” सरह भएको उनको भनाई छ ।