राजनीति

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीलाई हटाउने योजनामा प्रचण्ड असफल 

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीलाई हटाउने योजनामा प्रचण्ड असफल 

काठमाडौं । संसदीय दलमा बहुमत जुटाएर केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमार्फत दलको नेता पदबाट हटाउने, त्यसपछि पार्टीको सचिवालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा दुई तिहाई मत जुटाएर केपीलाई पार्टी  जिम्मेवारीबाट पनि मुक्त गर्ने प्रचण्डको योजना तत्कालका लागि असफल  भएपछि नेकपाभिको राजनीति अब कसरी अघि बढ्ला भन्ने चासो सर्व    त्र प्रकट भएको छ । 

 

एमाले नेताहरु प्रचण्डसँगको भेटमा केपी ओलीप्रति चरम आक्रोश प्रकट गर्दै सरकारको नेतृत्व बदल्नु पर्ने धारणा राखने गर्दथे । 

 

केपीप्रतिको आक्रोश र आलोचना नै आफ्नो पुँजी भएको ठम्याइ प्रचण्डको थियो । माधवकुमार नेपालदेखि घनश्याम भुसाल र वामदेव गौतमदेखि योगेश भट्टराईसम्मबाट केपीका प्रति प्रकट आक्रोशबाट केपीको विस्थापन र प्रचण्डलाई स्थापित गर्ने उद्देश्यबाट प्रेरित रहेको देखिएन । 
घटना र विचार साप्ताहिकबाट
 

विशेष