बाढी, डुबान पीडितको उद्धारमा लाग्न देउवाको आग्रह
महोत्तरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास पुग्नुभएका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो ।
“अहिले विपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्”, सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो, “यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत, उद्धारका काममा लाग्नुहोस् ।”
पीडितको नाम नै सङ्कलन गर्दा पनि कतिपय ठाउँमा तलमाथि भएको गुनासो आपूmसमक्ष आएको बताउँदै सभापति देउवाले त्यस्ता गुनासा आउन नदिन सबै दलका कार्यकर्ताले उदार बन्नुपर्ने सुझाव दिनुभयो । आपूm विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएकाले अहिले राजनीतिक कुराबारे जिज्ञासा नराख्न पार्टी कार्यकर्ता र सञ्चारकर्मीलाई देउवाले पहिले नै आग्रह गर्नुभएको थियो ।