राजनीति

अनेरास्ववियूले अब कसैसँग चन्दा नलिने

अनेरास्ववियूले अब कसैसँग चन्दा नलिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी संगठन अनेरास्ववियूले अबदेखि कसैसँग पनि चन्दा नलिने भएको छ । अनेरास्ववियू केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने बताए । 

 

‘अब अनेरास्ववियूले संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ’, उनले भने, ‘कुनै मातहत कमिटी र नेता कार्यकर्ताले त्यस्तो आर्थिक सहयोग लिएको पाइएमा अनुशासनको कारवाहीको भागीदार बनाइनेछ ।’ उनले सांस्कृतिक र रचनात्मक कार्यक्रम गर्दा मात्र आर्थिक सहयोग लिने बताए । 

 

संयोजक महरले सङ्गठनका नेता तथा कार्यकताबाट ‘लेवी’ उठाई सङ्गठन सञ्चालन गरिने बताए ।  बैठकले विश्वविद्यालयको प्राध्यापकको नियुक्ति गर्न सबै विश्वविद्यालयको एक छाता सेवा आयोग बनाउन तथा करार र आंशिक प्राध्यापकको व्यवस्थापनको लागि नियमित सेवा आयोगको परीक्षा सञ्चालनको माग गरेको छ ।  

अनेरास्ववियू नेपाल कम्युनिष्ट पार्टी चन्दा ऐन महर

विशेष