राजनीति

टुंगियो पूर्वएमालेका तीन वरिष्ठ नेताको जिम्मेवारी

टुंगियो पूर्वएमालेका तीन वरिष्ठ नेताको जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पूर्वएमालेतर्फका तीन वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालको जिम्मेवारी टुंगिएको छ । नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने गौतमलाई संगठन विभाग प्रमुख तोकिएको छ । खनालले नीति अध्ययन प्रतिष्ठानको नेतृत्व पाएका छन् ।बिहीबार राति र शुक्रबार बिहान बैठक बसेर पूर्वएमालेतर्फका ६ सचिवालय सदस्यले तीन नेताको जिम्मेवारी टुंग्याएका हुन् ।

 

नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ ।  ‘हामीले महत्वपूर्ण  विभागको जिम्मेवारी कसलाई दिने टुंगो लगाएका छौँ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालले भने, ‘अरू विभागको जिम्मेवारी पनि तत्काल निर्णय गरेर टुंग्याउँछौँ ।’ सबै विभागको टुंगो लगाई ५ साउनमा बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने खनालले बताए ।

 

स्कुलिङ विभागमा श्रेष्ठ र पोखरेलको दाबी
विभागको संख्यामा भागबन्डा मिले पनि कुन–कुन विभाग कसको भागमा भन्ने सबै टुंगो लाग्न सकेको छैन । त्यसैले महत्वपूर्ण  केही विभागमा पूर्वएमाले र पूर्वमाओवादीका नेताको दोहोरो दाबी छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल वामदेव गौतम झलनाथ खनाल

विशेष