राजनीति

नेकपाले टुंग्यायो इञ्चार्ज र सहइञ्चार्ज, विभाग, स्कुलबारे मंगलबार मात्रै निर्णय

नेकपाले टुंग्यायो इञ्चार्ज र सहइञ्चार्ज, विभाग, स्कुलबारे मंगलबार मात्रै निर्णय


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरी ८३ इञ्चार्ज तथा सहइन्चार्ज टुंगो लगाएको हो ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यता पाएका ६ महानगरका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लागेको बताउनुभयाे । ‘ ७७ ओटा भूगोल जिल्ला र ६ ओटा महानगर कमिटीको इञ्चार्ज र सह इञ्चार्जको विवरण आइतबार साँझ नै सार्वजनिक गरिनेछ । 


दुई साविकाका पार्टीका इञ्चार्जलाई आधार बनाई साविकका पक्षले कुन जिल्लाको इञ्चार्ज लिने टुंगो लगाई इञ्चार्जहरुलाई नै इञ्चार्ज र सहइञ्चार्ज तोकिएको प्रवक्ता श्रेष्ठले बताउनुभयाे । उहाँले भन्नुभयो  –‘ यसलाई केन्द्रीय कमिटी र स्थायी समितिमा पनि पेश गरिनेछ । ’ 


 पूर्व सहमति अनुरुप भएको भागबण्डामा तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । जसमा एमाले इञ्चार्ज तोकिए माओवादी सहइञ्चार्ज र माओवादी इञ्चार्ज तोकिए एमाले सह इञ्चार्ज हुनेछन् । 


प्रवक्ता श्रेष्ठले विभिन्न विभाग तथा आयोगहरुको नेतृत्वको टुंगो मंगलबार एक बस्ने बैठकले टुंगो लगाउने जानकारी दिनुभयो । बैठक मंगलवार दिउँसो १ बजे धुम्बाराहीमा डाकिएको छ । 
 

विशेष