नेकपामा इञ्चार्ज र सहइञ्चार्जको भागबण्डा : कतै दश सहइञ्चार्ज, कतै इञ्चार्जमात्रै (सूचीसहित)
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठकले आइतबार जिल्लाका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगायो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले साविकको एमाले र माओवादीका ईञ्चार्जहरुलाई कसैलाई ईञ्चार्ज र कसैलाई सहईञ्चार्जको जिम्मेवारी दिइएको जानकारी दिनुभयो । तर कार्यविभाजनमा भने एउटा जिल्लामा १० वटासम्म सहइन्चार्ज तोकिएको पाइएको छ भने केही जिल्लाले सह इञ्चार्ज नै पाएका छैनन् ।
सिरहा र दाङमा १० जनालाई सहइन्चार्ज बनाइको छ । काठमाडौं, धनुषामा ९ जनाले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै, कैलाली जिल्लामा ८ जना सहइन्चार्ज भएका छन् । १८ जिल्लाले सहईञ्चार्ज नै पाएको छैन ।
नेकपाले ६ इञ्चार्जको पनि टुंगो लगाएको छ । विराटनगर महानगरपालिकामा शिवकुमार मण्डल इन्चार्ज चयन भएका छन्। पोखरा महानगरको इन्चार्जमा महानगरका मेयर मानवहादुर जिसी चयन भएका छन्।
ताप्लेजुङ, इलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, नुवाकोट, काभ्रे, नवलपरासी पश्चिम, गुल्मी, प्युठान, मुस्ताङ,कालिकोट, हुम्ला, सल्यान, डोल्पा, बैतडी, जिल्लाले पनि सहइन्चार्ज पाएका छैनन्।
हेर्नुहोस सूची :
नेकपा जिल्ला इन्चार्ज